• २०८१ बैशाख ७ शुक्रबार

नेपालद्वारा अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कमाथि फराकिलो जित 

kharibot

काठमाडौँ।  लन्डन टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो अन्तिम अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ। इष्ट लन्डन शार्कविरुद्धको खेलमा नेपालले १३४ रनको जित हासिल गरेको छ। 

नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको लन्डन शार्क २० ओभरमा ९ विकेट गुमाएर ११७ रन बनाए पछि नेपालले १३४ रनले खेल जितेको छ। 

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजबंशीले २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी, शरद भेस्वाकर र करण केसीले एक एक विकेट लिए।  इष्ट लन्डन शार्कका लागि हफिज यावरले सर्वाधिक २६ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।   

यस अघिका खेलमा ब्याटिंगमा लयमा देखिएको नेपाली टिमले यस खेलमा पनि उत्कृष्ट ब्याटिंग गर्दै २० ओभरको खेलमा ४ विकेट गुमाउदै २५१ रन बनाएको थियो।  

नेपालका लागि कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले अर्धशतक हानेका थिए। 

नेपालको ब्याटिंगमा उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ बलमा ७५ रनको पारी खेलेका छन् भने कप्तान पारस खड्काले तुफानी ब्याटिंग गर्दै ३० बलमा ६७ रनको पारी खेलेका छन्। त्यस्तै नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पनि तुफानी ब्याटिंग गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए।  उनले २२ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए। उनले २६ बलमा ६७ रनको पारी खेलेका थिए ।  त्यस्तै रोहित पौडेलले ११, अनिल कुमार शाहले ८ र आरिफ शेखले २ रन बनाएका थिए।  

 खेलको म्यान अफ द म्याच नेपालका दिपेन्द्र सिंह ऐरी बनेका छन् ।   

नेपालले यसअघि खेलेका दुई एकदिवसीय अभ्यास खेल जितेको छ भने एक टि-२० मा जित र एकमा हार बेहोरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै