• २०८१ बैशाख ११ मंगलबार

धनुषाको दशगजा क्षेत्रमा नेपाली पक्षको अनुगमन तथा नापी सुरु

kharibot

जनकपुरधाम । धनुषा जिल्लाको नगराईन नगरपालिकास्थित जटही पिपरौनको दशगज्जा क्षेत्रमा भारतीय पक्षले नेपाली भुमीमा कस्टम कार्यालय बनाउन लागेपछि  भएको विरोधको एक महिनापछि  नेपालका तर्फबाट नापीको काम सुरु भएको छ । 

करिब एक महिना पहिला  भारतीय पक्षले जटही पुल नजिकै दशगज्जा क्षेत्रमा भारतीय पक्षले सुरु गरेको कामलाई सशस्त्र प्रहरी विओपी नगराई रोकेपछि विवाद भएको थियो । 
त्यसपछि बिहिबार नेपाल सरकार परराष्ट्र,गृह तथा नापी विभागका उपसचिव रमेश ज्ञवाली सहितको टोलीले नापीको काम सुरु गरेका हुन । उनले भने, ‘भारतीय पक्षबाट कन्सट्रक्स्नको काम गर्न सुरु गर्दा सो काम दशगज्जा भित्र पर्यो कि परेन सो कामको नक्सा बमोजिम स्थलगत काम सुरु गरेको छु ।’ यसको नतिजा १० दिन भित्र आउने उनको भनाई छ ।  

त्यस्तौ मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अन्तरगत  बेला गाउँमा रहेको नदीमा पुल बनाउन लागेको कामलाई समेत भारतीय पक्षले रोक लगाएपछि त्यसको समेत अनुगमन गरिएको छ । भारतीय एसएसवी प्रतिनिधिको उपस्थितीमा उपसचिव ज्ञवाली, धनुषाका  प्रहरी उपरिक्षक गोविन्द थपलिया, सशस्त्र प्रहरी उपरिक्षक राजु पाण्डे, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रतिनिधि लगायतका उपस्थितीमा अनुगमन तथा नापीको काम सुरु गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै