• २०८१ बैशाख ६ बिहीबार

क्याबिनेट बैठकमा मन्त्रीहरुले गरे ल्यापटपको प्रयोग, पेपरलेस भयो बैठक !

kharibot

काठमाडौं । मन्त्रिपरिषद बैठकमा विहिबारदेखि कागजको सट्टा ल्यापटप प्रयोग भएको छ । 

प्रविधिमैत्री हुने भन्दै मन्त्रिपरिषदको बैठकमा कागजको प्रयोग नगरिएको हो ।

बिहीबार सुरु भएको बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा ल्यापटप प्रयोग गरेका छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सबै मन्त्रीहरुले ल्यापटप चलाएको फोटो ट्वीटरमा राखेर मन्त्रिपरिषद बैठक बिहीबारदेखि पेपरलेस हुने जानकारी गराएका छन् ।

उक्त प्रविधिमा गएपछि सम्बद्ध मन्त्रीले अनलाइनबाटै मन्त्रिपरिषद कार्यालयमा प्रस्ताव पठाउने छन् । प्रधानमन्त्री कार्यालयले त्यसको अभिलेखसहित बैठकमा पेस गर्ने सुविधा हुने बताइएको छ । 

उक्त प्रस्तावमा भएका निर्णय पनि खोजेका बेला हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । त्यसमा निर्णय हुँदा ताकाका मन्त्रिपरिषदका सदस्यहरू, तिनका प्रस्ताव, निर्णय सबैको रेकर्ड हुने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै