• २०८१ बैशाख ८ शनिबार

सप्तरीको देउरी भरुवामा सडक दुर्घटनामा पत्रकारको मृत्यु

kharibot

राजविराज। राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्षीय  पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

विराटनगरबाट राजविराज आउँदै गरेको को१ज २१४९ नंको माइक्रोबस विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६१० नंको बससँग ठोकिँदा सो दुर्घटना भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए । 

घाइतेलाई विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै