• २०८१ बैशाख ८ शनिबार

स्टिभन स्मिथ र डेभिड वार्नर क्यारेबियन प्रिमियर लिग खेल्ने 

kharibot

काठमाडौँ।  प्रतिबन्धमा परेका अस्ट्रेलियाका पुर्व कप्तान स्टिभन स्मिथ क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन्।  हालै क्यानाडा ग्लोबल लिग खेलेका स्मिथ अब वेस्ट इन्डिजमा अगस्त ८ देखि सेप्टेम्बर १६ सम्म हुने सिपिएलमा बारबाडोस ट्रीडेन्टसबाट खेल्ने भएका हुन्।  

सिपिएलले दिएको जानकारी अनुसार बंगलादेशका सकिब अल हसन सिपिएल नखेल्ने भएपछी बारबाडोसले उनको ठाउमा स्मिथलाई लिएको जनाएको छ। अहिले प्रतिबन्धमा परेपनि आइसीसीको टेस्ट वरियतामा स्मिथ नम्बर एक ब्याट्सम्यान हुन् भने उनले टि-२० मा ३१२४ रन बनाएका छन्।

त्यस्तै स्मिथसँगै प्रतिबन्धमा परेका डेभिड वार्नरपनि सिपिएलमा सेन्ट लुसिया स्टार्सबाट खेल्ने भएका छन्।  वार्नरले अस्ट्रेलियाकै डि आर्चीको ठाउमा सिपिएल खेल्ने भएका हुन्।       

यसअघि पाचौ संस्करण सम्पन्न भएको यो प्रतियोगिता छैठौ पटक हुदै छ । सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्। 

हाल लन्डन टुरमा रहेका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि सिपिएलमा सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेल्दै छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै