• २०८१ बैशाख १३ बिहीबार

धितोपत्र बोर्डद्धारा गत आर्थिक बर्षमा २५ अर्ब ७० करोडको हकप्रद बिक्री गर्न अनुुमती

kharibot

काठमाडौं। नेपाल धितोपत्र बोर्डले एक आर्थिक बर्षमा २५ अर्ब ७० करोड ४१ लाख ८८ हजार छ सय ७५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमती दिएको छ ।

बोर्डका अनुसार बिसं २०७४ साउन दुुई गते देखि २०७५ असार २७ गतेसम्ममा ५५ वटा कम्पनीहरुलाई उक्त परिमाणमा हकप्रद सेयर निष्काशन गर्न अनुुमती दिईएको हो । 

बैंक तथा फाईनान्स कम्पनीहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितीले आफ्नो मातहतमा सबै सस्थाहरुलाई न्युुनतम चुक्ता पुंजी बृद्धि गर्न दिएको निर्देशन कार्यान्वयनमा आएसंगै उक्त आवमा बढी मात्रामा हकप्रद सेयर निष्काशन भएको हो । बोर्डका अनुसार बाँणिज्य बैक, बिकास बैैक, फाईनान्स, लघुबित्त, बीमा र जलबिद्युत लगायतका समुहका ५५ वटा कम्पनीहरुले एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २५ करोड ७० लाख ४१ हजार आठ सय ८७ दसमलव ७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती पाएका हुुन ।

राष्ट्र बैंकले बाँणिज्य बैकहरुलाई आठ अर्ब, राष्ट्रियस्तरका बिकास बैकहरुलाई दुुई अर्ब ५० करोड र फाईनान्स कम्पनीहरुलाई ८० करोड रुपैयाँ न्युुनतम चुक्ता पुंजी कायम गर्न निर्देशन दिएको थियो । 

यसैगरी बीमा समितीले पनि निर्जिवन बीमा कम्पनीहरुलाई एक अर्ब र जीवन बीमा कम्पनीहरुलाई दुई अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्न निर्देशन दिएको छ । पुंजी बृद्धिको सबैभन्दा बलियो श्रोत हकप्रद सेयरको बिक्री नै भएकोले बैंक तथा फाईनान्स कम्पनीहरुले उक्त आवमा बढी मात्रामा हकप्रद सेयर जारी गरेका हुुन । बोर्डका अनुसार हकप्रद सेयरको लागि स्वीकृती पाउने कम्पनीहरु मध्ये पछिल्लो समय स्वीकृत पाएका एकाध बाहेक सबैजसो संस्थाहरुले सेयर बिक्री गरिसकेकाछन । 

कुुन संस्थाले कति मुल्य बराबरको हकप्रदको लागि अनुुमती पाए हेर्नुुहोस तालिका :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै