• २०८१ बैशाख १३ बिहीबार

टाइपिङ मिस्टेक भन्दै इन्भेष्टमेन्ट बैंकले लाभांश सच्यायो

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश वितरणको प्रस्ताव सच्याएको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको चार सय ८२औँ बैठकले ४० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेकोमा बोनसको अनुपात २५ प्रतिशत रहेको थियो भने नगद लाभांशको अनुुपात १५ प्र्रतिशत रहेको थियो ।

तर उक्त प्रस्तावमा भूलवश टाइपिङ मिस्टेक भएको भन्दै बैंकले कुुल ४० प्रतिशत लाभांशमा नगदको अनुपातमा चुक्ता पुँजीको २५ प्रतिसत र बोनसको अनुुपात १५ प्रतिशत मात्र भएको जानकारी दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७३—०७४ को चौँथो त्रैमासिक अवधिमा तीन अर्ब २९ करोड ६९ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै