• २०८१ बैशाख ७ शुक्रबार

३३ बर्षिय रोनाल्डोको स्वास्थ्य २० बर्षको खेलाडीको जस्तो, युभेन्ट्सको मेडिकलमा खुल्यो रहस्य 

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले इटालियन कल्ब युभेन्टसमा मेडिकलमा उत्कृष्ट नतिजा देखिएको छ।  

युभेन्टसमा  गरेका रोनाल्डो अहिलेको ३३ बर्षको उमेर भन्दा १३ बर्ष कम उमेरको खेलाडीको जस्तो स्वास्थ्य अवस्था रहेको खुलासा भएको छ।  रोनाल्डोको औसतमा २० बर्षको खेलाडीको जस्तो स्वास्थ्य अवस्था रहेको मेडिकल रिपोर्टमा खुलेको छ।  

रोनाल्डोको मेडिकलबाट उनको स्वास्थ्यको बारेमा मुख्य तीन कुरा शरीरमा रहेको फ्याट, मांशपेशी र उनको गति उत्कृष्ट देखिएको बताइएको छ।  

पहिलो कुरा उनको शरीरमा ७ प्रतिशत फ्याट देखिएको छ । जुन औसत व्यवसायिक खेलाडीको भन्दा ३ प्रतिशतले कम हो । त्यस्तै रोनाल्डोको मांशपेशी औसतमा ५० प्रतिशत देखिएको छ जुन औसत व्यवसायिक खेलाडीको भन्दा  ४ प्रतिशतले बढी हो। 

त्यस्तै तेस्रो कुरा उनको गति हो।  हालै सम्पन्न विश्वकपमा रोनाल्डोको उच्च गति ३३.९८ ९८ किमि प्रति घण्टा मापन गरिएको थियो।  जुन विश्वकपमा कुनै पनि खेलाडीको भन्दा बढी हो।                        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै