बौद्धको सडकमा बाढी आयो  (फोटो फिचर)

खरीबोट

काठमाडौँ । एकै छिनको बर्षामा चुच्चेपाटी–बौद्ध–जोरपाटी सडकमा बाढी आएको छ ।  यसअघि असारमा धान रोपिएको यो सडक प्रधानमन्त्रीको निर्देशन पछि पनि बन्न सकेको छैन।  मंगलबार अपराह्न आधा घण्टाको बर्षामा सडक पानीले  भरिएको छ ।  

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ विदेशी पर्यटक आउँछन् । सम्पदा अघिको सडकको यो अवस्था हुँदा पर्यटकमार्फत् विश्वव्यापी रुपमा के सन्देश जाला ? त्यसको हेक्का सरोकार भएका निकायले राखेको देखिँदैन । 

सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन । भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो ।  अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

तस्बीर : सुरेश पराजुली 

 

सम्बन्धित समाचार

बैतडीका ग्रामीण सडकहरू अवरुद्ध

बैतडी । केही दिनदेखिको लगातारको बर्षाका बैतडीका ग्रामीण सडकहरु अवरुद्ध छन् । सिल्लेगडा–कटौजपानी सडकखण्ड र मिन्नोलाको ठाउँठाउँमा पहिरो खस्दा १५ दिनदेखि सडक अवरुद्ध बनेको हो । महाकाली यातायातका सिल्लेगडाका बुकिङ कलर्क

पूर्वी नवलपरासीको पहाडी सडकखण्डमा जोखिमपूर्ण यात्रा

नवलपरासी । पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले–बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने भएकाले पहाडी

सडक सञ्जालले छुँदै नेपालगंजका ग्रामीण बस्तीलाई

नेपालगञ्ज । बाँके जिल्लाका गाउँ नेपालगञ्ज बजारको सडक सञ्जालसँग जोडिँदै गएपछि विकासका पूर्वाधार पनि बढ्दै गएका छन् । कुल २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा अहिले ९० किलोमिटर कालोपत्रे सडक र नाला

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । दर्जनौं ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । ७६ किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिरोका कारण