• २०८१ बैशाख ८ शनिबार

कानुनमन्त्री शेरबहादुर तामाङद्वारा आफ्नो पदबाट राजीनामा 

kharibot

काठमाडौँ ।  कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।   

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, 'मैले  जीवन जनताको लागि समर्पित गरेको छु।  मैले मेरो जीवनरहे सम्म यो प्रक्रियामा रहिरहने छु।   आज मेरो विरुद्धमा कतिपय तत्व  लागेका थिए।  मेरो तर्फबाट मेरो तर्फबाट भएका कमीकमजोरी बह्येहोलान त्यस विषयलाई मुद्धा बनाएर मेरो विरुद्ध प्रचार गरियो।' 

उनले अगाडी भने, 'आफुले नेपाली नारीलाई  सधै सम्मान गर्ने र जीवन भर महिलाको पक्षमा  गरेको तर अहिले त्यहि विषयले मलाई लखेटेको छ ।'

महिलाको आफुले सधै सम्मान गरेको भन्दै उनले छोरीको अधिकार र अस्मिताको लागि सधै लडेको व्यक्ति भएको बताउदै आफुले बोलेको विषयलाई गलत तरिकाले प्रस्तुत गरिएको बताए । उनले यस प्रकरणलाई सरकारको प्रतिष्ठासँग जोडिएर हेरिएकोले सरकारको प्रतिष्ठामा आँच आउन नदिन आफुले राजीनामा दिएको बताए।     

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कानुनमन्त्री तामाङसँग छलफल गर्दै राजीनामा गर्न निर्देशन दिएका थिए

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए भने आइतबार आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी मागेका थिए । उनले माफी मागेपनि कारवाहीको माग गर्दै सर्वत्र विरोध भएको थियो ।

कानुनमन्त्रीले के भनेका थिए ?

काठमाडौंमा एसईई उतीर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीहरुले आफूलाई नसुम्पिकन सर्टिफिकेट नपाउने अवस्था रहेको बताएका छन् ।

उनले त्यस कार्यक्रममा भनेका थिए ‘आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ ।

मार्मिक छ कथा, हामी हाम्रा छोरी चेलीलाई पढ्नलाई विदेशमा पठाउँछौं । तर उसले त्यहाँ आफूलाई नसुम्पीकन सर्टिफिकेट पाउने अवस्था छैन । उनीहरु सबैले यहाँ पढ्न पाउनुपर्छ भन्दा हामीहरु नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौं – हुँदैन ।’
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै