• २०८१ बैशाख १३ बिहीबार

नेकपाले कानुनमन्त्री तामाङलाई हटाउदै, आजै पत्रकार सम्मेलन गरेर राजीनामा दिने

kharibot

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् । सत्तारुढ दल नेकपाले कानुनमन्त्री तामाङलाई राजीनामा गर्न भनेपछि उनले राजीनामा गर्ने भएका हुन् । 

स्रोतका अनुसार कानुनमन्त्री तामाङले आजै पत्रकार सम्मेलन गरेर राजीनामा दिने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड लगायत नेकपाका वरिष्ठ नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कानुनमन्त्री तामाङसँग छलफल गर्दै राजीनामा गर्न निर्देशन दिएका थिए । 

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए भने आइतबार आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी मागेका थिए । उनले माफी मागेपनि कारवाहीको माग गर्दै सर्वत्र विरोध भएको थियो ।

कानुनमन्त्रीले के भनेका थिए ?

काठमाडौंमा एसईई उतीर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीहरुले आफूलाई नसुम्पिकन सर्टिफिकेट नपाउने अवस्था रहेको बताएका छन् ।

उनले त्यस कार्यक्रममा भनेका थिए ‘आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ ।

मार्मिक छ कथा, हामी हाम्रा छोरी चेलीलाई पढ्नलाई विदेशमा पठाउँछौं । तर उसले त्यहाँ आफूलाई नसुम्पीकन सर्टिफिकेट पाउने अवस्था छैन । उनीहरु सबैले यहाँ पढ्न पाउनुपर्छ भन्दा हामीहरु नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौं – हुँदैन ।’


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै