• २०८१ बैशाख ७ शुक्रबार

 जेलमा रहेका नवाज शरिफलाई स्वास्थ्य जाँचमा रोक

kharibot

इस्लामाबाद । पाकिस्तानको जेलमा रहनुभएका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी पर्नु भए पनि स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ ।उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिएको निवेदन पनि अस्वीकृत गरिएको छ समाचारमा जनाइएको छ । 

पाकिस्तान सरकारका स्वास्थ्य अधिकारीले नै उनको निवेदन अस्वीकार गरेको शरिफको पार्टी मुस्लिम लिग, नवाज (पिएमएल–एन) ले सोमबार सो जानकारी दिएको छ । 

पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन् । यसै महिनाको शुरुमा पाकिस्तान फर्किनुभएका शरिफलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो । 

शरिफलाई हालै मात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो । 

उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ अर्थात् बुधबार हुन लागेको सो संसद्को निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरु उठाइएको छ । 

निर्वाचनको पूर्वसन्ध्यामा उनलाई नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथलको सम्भावना रहेको बताइन्छ । 

उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाउँदै आएको बताएका छन् । उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि अदालतले तोकिएका थियो । 

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ बेलायतको लण्डनमा थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छन् । 
––– 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै