नारायणकाजीले अनसनरत डा. केसीलाई भेटे

खरीबोट

काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता नारायणकाजी श्रेष्ठले अनसनरत डा.गोविन्द केसीलाई शिक्षण अस्पताल महाराजगन्ज पुगेर भेट गरेका छन् ।  

२३औ दिनदेखि अनसनरत डा.केसीलाई भेट्ने श्रेष्ठ सत्तारुढ दलका पहिलो नेता हुन् । भेटमा नेता श्रेष्ठले डा.केसीलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेपनि डा.केसीले भने कुनै प्रतिक्रिया नजनाएको बताइएको छ ।

२०औ दिनको दिन सरकारले काठमाडौँ ल्याएका डा. केसीले काठमाडौँ आएपछि सरकारको व्यवहारको विरोध गर्दै आफ्नो स्वास्थ्य परीक्षण गर्न अश्विकार गरेका छन् ।

सरकार र डा.केसी पक्षले दुई चरणमा  त्यसपछि वार्ता हुन् सकेको छैन । प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेको छ भने सरकारले डा.केसीका मागका बारेमा सकरात्मकता देखाएको छैन ।

यही असार १६ गतेदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिनअघि उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 

डा केसीले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज स्थापना हुन नहुने अडान राख्दै आएका छन् । 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली र डा.गोविन्द केसीबीच आज भेटवार्ता हुदै 

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ डा. गोविन्द केसीसँग छलफल आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओली र  डा. केसीबीच सरकारसँग भएका सहमति कार्यान्वायन र स्वास्थ्य क्षेत्रका विषयमा छलफलका भेटवार्ता हुन लागेको

सरकारसँगको सहमतिमाथि छलछाम भए कडा विरोधमा उत्रिने डा.गोविन्द केसीको चेतावनी  

काठमाडौँ।  डा.गोविन्द केसीले सरकारसँग भएको ९ बुँदे सहमतिमाथि छलछाम भए कडा विरोधमा उत्रिने बताएका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सहमति भएका बुँदाहरुलाई कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका

डा. गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज हुदै 

काठमाडौँ।  वरिष्ठ डा. गोविन्द केसी ६ दिन लामो आइसीयुको बसाई  र १३ दिनको अस्पताल बसाई पश्चात् आज अस्पतालबाट डिसार्ज हुने भएका छन् ।
 गत साउन १० गते अनसन गरेको २७औ दिन

डा. गोविन्द केसीसँग भएको सहमति सदनमा टेबुल

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मागपछि सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौबुँदे सहमति सदनमा टेबुल गरिएको छ ।  आजको बैठकको शुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर