भारतका लागि नेपाली राजदूत सिफारिश संविधानसम्मत : परराष्ट्रमन्त्री

खरीबोट

काठमाडौँ । भारतका लागि नेपाली राजदूतमा नियुक्तिको सिफारिशमा पर्नुभएका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको सिफारिश संविधानसम्मत देखिएको छ । 

नेपालको संविधानको धारा २४५ को उपधारा ८ मा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन भनिएको तर उनी सरकारी सेवामा नियुक्त नभई राजनीतिक पद अर्थात् राजदूतमा नियुक्तिमा सिफारिश भएकाले संविधानसम्मत देखिएको कानूनविद्ले जनाएका छन् । 

संविधानकै धारा २८५ मा ‘सरकारी सेवाको गठन’शीर्षकमा नेपाल सरकारले प्रशासन सञ्चालन गर्न सङ्घीय निजामती सेवा र आवश्यकतानुसार अन्य सङ्घीय सरकारी सेवाहरुको गठन गर्न सक्ने भनी सरकारी सेवाको परिभाषा स्पष्ट गरिएको छ । यसबाट उप्रेतीको नियुक्ति निजामती सेवामा नभई राजनीतिक पद अर्थात् राजदूतमा भएकाले विवाद गरिरहनु नपर्ने कानूनविद्को धारणा छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपालको संविधानको धारा २८२ बमोजिम सरकारले भारतका लागि नेपाली राजदूत सिफारिश गरेको स्पष्ट गर्नुभएको छ । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त पदमा पूर्वप्रमुख निर्वाचन आयुक्तलाई सिफारिश गरेको विषयलाई लिएर केही सञ्चारमाध्यमले असंवैधानिक भन्दै समाचार सम्प्रेषण गरेपछि राससलाई प्रतिक्रिया दिँदै उहाँले सरकारबाट विधिसम्मत सिफारिश भएको बताए । 

संविधानको धारा २८२ (१)मा भएको राजदूत र विशेष प्रतिनिधिसम्बन्धी व्यवस्थामा राष्ट्रपतिले समावेशी सिद्धान्तका आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने उल्लेख छ । 

पूर्वप्रमुख निर्वाचन आयुक्तको राजदूतमा सिफारिश राजनीतिक नियुक्तिका निमित्त भएकाले असंवैधानिक भन्न नमिल्ने मन्त्री ज्ञवालीले प्रष्ट गरे । नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई राजदूत राजनीतिक पद भएको तथा सरकारी सेवाको पद नभएको प्रष्ट्याउँदै पूर्वप्रमुख निर्वाचन आयुक्तको उक्त सिफारिश संविधानअनुकूल नै भएको बताए । 

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गरेका छन् ।  भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धबारे छलफल हुनाका साथै यही भदौ १४ र

बाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन परराष्ट्रमन्त्री भारततर्फ 

काठमाडौँ। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत गएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली शुक्रबार बिहान पौन १०  बजे भारत गएका हुन्। भारतीय जनता

मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

लिस्बन / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छ ।  अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए ।  प्रवासी नेपाली मञ्च, पोर्चुगल,

परराष्ट्रमन्त्री ज्ञवाली युरोप भ्रमणमा, यस्तो छ तालिका

काठमाडौँ । पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पोर्चुगलको औपचारिक भ्रमणमा सोमबार राति लिस्बनतर्फ प्रस्थान गरेका छन् ।  उनले आफ्ना पोर्चुगी समकक्षीसँग बुधबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको