कानुनमन्त्री शेरबहादुर तामाङले माफी मागे

खरीबोट

काठमाडौँ । कानुनमन्त्री शेरबहादुर तामाङले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन् ।

उनले आइतबार विज्ञप्ति निकालेर साउन ४ गते प्राक्टिस इन्टरनेशनल एकेडेमीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई चोट पर्न गएको भन्दै माफी मागेका हुन् ।

मन्त्री तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ, 'मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।' मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा लिन जाने नेपाली चेलीले सर्टिफिकेट लिनुअघि आफ्नो अस्मीता सुम्पिनु पर्ने अवस्था रहेको अभिव्यक्तिका कारणा लिएर सामाजिक सञ्जालमा चर्को टीकाटिप्पणी भइरहेको छ ।

ब‌ंगलादेशमा हाल दुई हजार भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको उल्लेख गर्दै मन्त्री तामाङले उनीहरुले भोग्नुपरेका केही समस्यालाई उजागर गर्न मात्र खोजेको प्रस्ट्याएका छन् । बंगलादेशमा अध्ययनरत रहँदा नै नेपाली विद्यार्थीले आत्महत्या गरेको र हिंसाजन्य केही घटना उजुरीका रुपमा समेत आएको उल्लेख गर्दै मन्त्री तामाङले नेपालमै यस्ता विषयमा अध्ययनको व्यवस्था भए नेपाली विद्यार्थी पीडित हुन नपर्ने आफ्नो भाषणको आशय रहेको समेत बताएका छन् ।

उनले महिलाहरुको आत्म सम्मान, हिंसामुक्त समाज र नारी अस्मीताको रक्षामा आफू सदैव प्रतिबद्ध र क्रियाशील रहने मन्त्री तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन्।   बंगलादेश चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका बारेमा गलत अभिव्यक्ति दिदा विवादमा परेर तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ८ गते

कानुनमन्त्री शेरबहादुर तामाङद्वारा आफ्नो पदबाट राजीनामा 

काठमाडौँ ।  कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, 'मैले  जीवन जनताको लागि समर्पित गरेको छु।  मैले

नेकपाले कानुनमन्त्री तामाङलाई हटाउदै, आजै पत्रकार सम्मेलन गरेर राजीनामा दिने

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् । सत्तारुढ दल नेकपाले कानुनमन्त्री तामाङलाई राजीनामा गर्न भनेपछि उनले राजीनामा गर्ने भएका हुन् ।  स्रोतका अनुसार कानुनमन्त्री तामाङले आजै पत्रकार सम्मेलन

काँग्रेसका महिला सांसदहरुद्वारा कानुनमन्त्रीलाई कडा कारवाहीको माग 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन्।  सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा