रेलले जोडिँदै दुई कोरिया

खरीबोट

सोल । उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ । यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ । 

रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ । 

यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्तरुपमा आधुनिक रेल सेवा सञ्चालन गर्ने विषयमा गत महिना पनि दुवै देशका अधिकारीबीच छलफल भएको थियो । 

दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाउँ पानुमजोममा अवस्थित ‘पिस हाउस’मा अर्काे हप्ता यस विषयको बैठक बस्ने भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । 

यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा सञ्चालन गर्ने र कम्तीमा पनि दुवै देशको भू–भाग भएर जोड्ने विषयमा कुराकानी हुने बताइएको छ । 

यो प्रयासका बारेमा यी देशबीच गत महिना पहिलो पटक यसरी वार्ता भएको हो । त्यसै बैठकको सहमति बमोजिम आगामी हप्ता दुवै देशको संयुक्त बैठक बस्न लागेको हो । 

यस बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ । 

गत महिना भएको यसै विषयको बैठकमा दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा उत्तर र दक्षिण कोरियाका तीन÷तीन जना सदस्य सहभागी भएका थिए । 

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच दुई पटक भेटवार्ताका साथै शान्ति सम्झौता पनि भएको छ । 

त्यस्तै अमेरिका र उत्तर कोरियाबीच पनि यही गत जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको छ । 

सो वार्तापछि उत्तर कोरियाले निशस्त्रीकरण अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ । हाल उत्तर कोरियासँग अमेरिका, राष्ट्रसंघ र दक्षिण कोरिया केही नरम भएका छन् । 

सम्बन्धित समाचार

कोरियाबाट फर्केका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

काठमाडौँ  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।  वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले बुधबार एक सूचना

दक्षिण कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

काठमाडौँ।  रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि

आणविक निरस्त्रीकरणमा प्रतिबद्धता पूरा गर्न उत्तर कोरियासँग आग्रह

सिओल। दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।  सिंगापुरमा सम्पन्न आसियान क्षेत्रीय मञ्च (एआरएफ) का

‘दवावजन्य’ अमेरिकी व्यवहारको उत्तर कोरियाद्वारा आलोचना

सिङ्गापुर। अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दवावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकावन्दीका लागि दवाव कायम