• २०८१ बैशाख ८ शनिबार

झापामा अहिलेसम्म ६२ प्रतिशत रोपाइँ

kharibot

फाइल तस्विर । 

भद्रपुर / धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ । 

अर्जुनधारा नगरपालिका कार्यालयका योजना (कृषि) अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि अन्तिम सातादेखि परेको खडेरीका कारण रोपाइँ हुन सकेको छैन।

किसानले धानको बीउ राख्न ढिलो गरेकाले बेर्ना रोप्न योग्य भइनसकेको र जनशक्ति अभावका कारण यो वर्ष बेलैमा रोपाइँ हुन नसकेको उनको भनाइ छ । 

जिल्लामा ९५ हजार हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ हुने गरेकामा गतवर्ष यतिबेलासम्ममा ७५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो । 

धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको कृषि अधिकृत भट्टराईको भनाइ छ । चौध प्रतिशत अर्धसिञ्चित र बाँकी धानखेती आकाशे पानीको भर पर्नुपर्छ । 

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङ्टिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै