• २०८१ बैशाख ७ शुक्रबार

वीपीले उहिल्लै कम्युनिस्टहरूलाई चिन्नुभएको रहेछ, हामी बल्ल चिन्दैछौँ - सभापति देउवा 

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राणा र पञ्चायतविरुद्ध लडेका प्रजातन्त्रवादीहरू कम्युनिस्टविरुद्ध लड्न तयार रहेको बताएका छन् । 

३६ औँ वीपी स्मृति दिवसका अवसरमा आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा सभापति देउवाले सरकार एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको भन्दै त्यसविरुद्ध लड्न आफूहरू तयार रहेको बताए ।

शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार मानिसको नैसर्गिक अधिकार भएकोमा वर्तमान सरकारले निषेधित क्षेत्रहरू तोकेर मानिसको विरोध गर्न पाउने अधिकार हनन गरेको उनले बताए।

'वीपी भन्नुहुन्थ्यो- कम्युनिस्टहरू प्रजातन्त्रवादी हुँदैनन्, उहाँले पहिला नै कम्युनिस्टहरूलाई चिन्नुभएको रहेछ, हामी बल्ल चिन्दैछौँ', सभापति देउवाले भने, 'यो मानअधिकारविरोधी सरकार हो, निरंकुशता र एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको छ।'

उनले भने, 'राणा शासन र पञ्चायती व्यवस्थाविरुद्ध लडेका हामीहरू कम्युनिस्टसँग लड्न परे लड्छौँ ।'  देउवाले कम्युनिस्टहरू 'सच्चा मानेमा प्रजातन्त्रवादी नभएको पुष्टि भएको' दावी गर्दै उनीहरूले भावी दिनमा 'बोल्न र लेख्न समेत नदिने' दावी गरे।

गोविन्द केसीका जयज मागमा काँग्रेसको समर्थन छ भन्दै सभापति देउवाले उनका माग पूरा गर्ने र उनलाई बचाउनु पर्ने बताए । सुशील कोइराला प्रधानमन्त्री छँदा गठित माथेमा कार्यदलले बनाएको प्रतिवेदनअनुसार स्वास्थ्य शिक्षा विधेयक ल्याउनुपर्नेमा सरकारले आफूअनुकूल अध्यादेश ल्याएको बताए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै