बलिवुडमा आफ्नो जीवनमा फिल्म बनाएर खेलाडीले कति पैसा पाए ?

खरीबोट

मुम्बई । बलिवुड अहिले खेलाडीहरुको जीवनीमा आधारित लहर चलेको छ । भारतलाई  १९८३ मा विश्वकप क्रिकेट जिताएका  कप्तान कपिल देवको जीवनीमा आधारित फिल्म बन्न लागेको छ । कपिलदेवको भूमिकामा अभिनेता रनबिर सिंहले छन् । 

यस रिपोर्टमा बलिवुडमा यस अघि बनेका खेलाडीका बायोपिकमा बनेका फिल्मका लागि खेलाडीले कति पैसा पाए त ? कति फिल्मले त सयौ करोडको व्यापार गरेका छन् । महाबिर सिंह फोगटको जीवनीमा आधारित फिल्म दंगलले विश्व बक्स अफिसमा तहल्का थियो । भारतीय बक्स अफिसमा मात्र यस फिल्मले ३९०  करोडको व्यापार थियो भने दंगलले चिनियाँ बक्स अफिसमा २ हजार करोडभन्दा बढीको ब्यापार गरेको थियो । तर यस फिल्मको कथा रहेका कुस्ती खेलाडी महाबिर सिंह फोगटले केवल ८० लाख पाएका थिए ।

त्यस्तै भरतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित फिल्म एमएस धोनीले भारतीय बक्स असिफमा १३३ करोडको व्यापार गरेको थियो । यस फिल्मका लागि धोनीलाई ६० करोड रुपैया दिईएको थियो । 

त्यस्तै मास्टर ब्लास्टर सचिन तेन्दुलकरको जीवनीमा आधारित फिल्मले बक्स अफिसमा ५० करोडको व्यापार गरेको थियो तर यस फिल्मका लागि सचिनलाई ४० करोड दिइएको थियो ।
त्यस्तै भारतीय बक्सिङ खेलाडी मेरी कमको जीवनीमा आधारित फिल्म मेरी कम बनाइएको थियो । जसमा अभिनेत्री प्रियंका चोपडाले अभिनय गरेकी थिइन् र फिल्म बक्स अफिसमा सफल पनि भएको थियो । तर सो फिल्मका लागि मेरी कमलाई केवल २५ लाख दिइएको थियो ।       

त्यस्तै खेलाडीकै बयोपिकमा बेनका फिल्म अजहर, पान सिंह तोमार, भाग मिल्का भाग जस्ता फिल्मका लागि भने खेलाडीलाई कुनै पैसा दिइएको थिएन ।  

सम्बन्धित समाचार

जर्जियासँग अरबाजको विवाहमा परिवार बाधक बन्दै !

मुम्बई। अभिनेता अरबाज खानले आफ्नी श्रीमती मलाइका अरोरासँगको सम्बन्ध विच्छेदपछि फेरी अर्को विवाहको तयारी गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । अरबाजले हाल डेट गरिरहेकी मोडल जर्जिया एंड्रीयानीसँग विवाह गर्ने

जयललिताको जीवनीमा आधारीत फिल्म बन्ने

मुम्बई।  तमिलनाडुकी पुर्व मुख्यमन्त्री जयललिता को जीवनीमा आधारीत फिल्म बन्ने भएको छ।  एनटीआर बायोपिक निर्माण कम्पनी विबरी मिडियाले फिल्म र राजनीतिमा जयललिताको योगदानको कदर गर्दै उनको जीवनीमा आधारित फिल्म बनाउन लागेको

बक्स अफिसमा फेरी चल्यो अक्षयकुमारको जादु, गोल्डको उत्कृष्ट सुरुवात 

काठमाडौँ । बलिवुडका खेलाडी कुमार भनेर चिनिने अक्षयकुमारको नयाँ फिल्म ‘गोल्ड’ ले पहिलो दिन राम्रो व्यापार गरेको छ। बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्म गोल्डले पहिलो दिन २५.२५ करोड

बलिवुडको चर्चित कमेडी फिल्म हेराफेरीको तेस्रो सिरिज बन्ने निश्चित 

मुम्बई। बलिवुडको चर्चित कमेडी फिल्म हेराफेरीको तेस्रो सिरिज बन्ने भएको छ।   धेरै पहिले बन्ने भनिएको यो फिल्म फिल्मका तीनै अभिनेता अक्षयकुमार, सुनिल शेठी र परवेश रावलले फिल्म सुटिंगको समय दिएपछि