स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु

खरीबोट

काठमाडौँ /  काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । 

गएराति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय हीराबहादुर थानीको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनाबाट घाइते थानीको उपचारका क्रममा राति १ः३० बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको जानकारी दिए । 

स्कुटरमा सवार रहेका दुई जना पनि घाइते भएकाले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । साइकललाई ठक्कर दिएको स्कुटरसमेत नियन्त्रण गुमाएर पल्टिएको थियो । 

सम्बन्धित समाचार

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

भक्तपुर। सूर्यविनायक–८ सिपाडोलका सानुभाइ नेपालीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु हुनका साथै अर्को एकजना घाइते भएका छन् ।  द्रुत गतिमा हुँइकिएको मोटरसाइकलले सडक किनारामा हिँडीरहेकी सिन्धुपाल्चोक चौताराकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ

स्वीजरल्याण्ड विमान दुर्घटना; बीस यात्रुको मृत्यु भएको आशङ्का

जेनेभा, स्वीजरल्याण्ड। दोस्रो विश्वयुद्धको समयमा जर्मनीमा बनेको बीस यात्रुसहित उडेको विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत सवैजनाको मृत्यु भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।  दोस्रो विश्वयुद्ध

स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु

काठमाडौँ /  काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ ।  गएराति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय

दाङमा बसले किच्दा एक पैदल यात्रुको मृत्यु

दाङ / ना ५ख ५७६८ नंको बसले किच्दा तुलसीपुरमा आज एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।  तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो