• २०८१ बैशाख ७ शुक्रबार

अभ्यास खेलमा पारस खड्काले हाने शतक 

kharibot

काठमाडौँ ।  नेपाली राष्ट्रिय टिमका  कप्तान पारस खड्काले हम्शायर हग्स क्रिकेट क्लबविरुद्धको अभ्यास खेलमा शतक हानेका छन् ।  अहिले जारी अभ्यास खेलमा पारसले शतक हानेर खेलिरहेको छन् । 

नेपालले एमसीसी र नेदरल्याण्डविरुद्धको खेल अघि खेल्ने चार अभ्यास खेलको पहिलो खेल अहिले खेलिरहेको छ । नेपालले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

दिपेन्द्र सिंह ऐरी ३७ रन, ज्ञानेन्द्र मल्लले ५, सुबास खकुरेलले ११, शरद भेस्वाकरले १४ रन बनाएर आउट भएका छन् ।  कप्तान पारस अहिले १२२ रन बनाएर खेलिरहेका छन् भने उनीसँग आरिफ शेख खेलिरहेका छन्  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै