कर लगाएपछि व्यवसायीको आन्दोलनले भक्तपुरमा खानेपानीको हाहाकार

खरीबोट

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ । 

नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पादन र वितरण बन्द गरेपछि खानेपानीको हाहाकार भएको हो । चाँगुनारायण नगरपालिकाले पानीको कर संकलन ठेक्कामा लगाएपछि व्यवसायी आन्दोलित भएका हुन् । 

नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले खानेपानी प्रशोधित वितरण गर्ने उद्योगलाई कर लगाएकोमा आपत्ति नभएको बताउँदै ठेक्का लगाएर पटके कर उठाएकोमा आपत्ति भएको बताए । 

उद्योगीहरुले नगरपालिकालाई एकमुष्ट कर तिर्न तयार रहेको बताउ“दै उहाँले पानीमा बाटो बाटोमा बसेर ठेकेदारमार्फत पानीमा निकासी कर लगाउनु नाजायज भएको जिकिर गरे । 

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले विगतमा पनि पानी उद्योगबाट कर लिँदै आएको बताउँदै उद्योग एवं व्यवसायीले कर तिर्नुपर्ने बताए । 

उहा“ले राजश्व परामर्श समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधि राखेर बोर्ड र परिषद्ले पानीको कर पास गरेको बताउँदै यसबारे पुन : समितिसँग छलफल गरिने बताए । भक्तपुरको झौखेलमा रहेको १५ भन्दा बढी खानेपानी उद्योग सञ्चालनमा रहेका छन् । यहाँको पानी भक्तपुरसँगै काठमाडौँ उपत्यकामा बिक्री हुँदै आएको छ । 

सम्बन्धित समाचार

विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादी बारे छानबिन समिति गठन

उर्लाबारी, मोरङ। खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।  मोरङ लेटाङ नगरपालिका–९

श्रमदानबाट घरघरमा खानेपानीको सुविधा

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँकी आरतीकुमारी शेरचनले खानेपानी आयोजनाको झारा (श्रमदान)को लागि रू. १ लाख खर्चिइन् । छोरा प्रवासमा रहेको र आफ्नो दम्पतीले श्रमदानको लागि काम गर्न नसक्ने भएकाले

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर मंगलबार बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि

जीर्ण बनेको सुन्दरीजलको खानेपानी प्रशोधन केन्द्र !

  जीर्ण बनेको सुन्दरीजलमा अवस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रशोधन केन्द्र । प्रशोधन ठीकसँग नहुँदा उपभोक्ताका धारामा आउने धमिलो पानीले रोगको संक्रमण फैलने सम्भावना रहेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस