• २०८१ बैशाख १४ शुक्रबार

साताको सेयर : कारोवार रकम ३१ दसमलव ३२ प्रतिसतले घट्यो

kharibot

कठमाडौं  । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८६ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार १५ हजार एक सय २८ कारोबारबाट एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँ बराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१ दसमलव ३२ प्रतिशत कम हो । 

गत साता एक सय ९१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २४ हजार तीन सय ७० कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा छ दसमलव ७० अंकले घटेर अन्तिम दिन ११ सय ९३ दसमलव ३९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दसमलव ३९ अंकले  घटेर दुुई सय ५१ दसमलव ४२ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम ३५ करोड ८० लाख १० हजार रुपैयाँको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । 

त्यसैगरी कारोबार भएको सेयर संख्या १२ लाख ५२ हजार कित्ताको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या नौ सय ६८ वटाको आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीककरण तर्फत भने यो साता पाँच वटा कम्पनीको बोनस तथा हकप्रद सेयर सुचीकृत भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै