• २०८१ बैशाख ८ शनिबार

डा.केसीद्वारा काठमाडौमा उपलब्ध स्वास्थ्य सुविधा लिन अस्विकार, वार्ता हुन सकेन 

kharibot

काठमाडौँ 

। सरकारले जबर्जस्ती आफुलाई काठमाडौ लिएर आएको भन्दै अनसनरत डा.गोविन्द केसीले शिक्षण अस्पतालमा उपलब्ध कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्विकार गरेका छन् ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहदै देखि मुटुको चालमा गम्भीर गढबाढी देखिएको थियो तर डा.केसीको यस अडानका बिच इसिजी गरेर मुटुको अवस्था बारे जानकारी लिन नसकिएको डाक्टरहरुले बताएका छन् । 



रगतमा घटेका पोटासियम, म्यागनेजियम , क्यालसियम लगायतका इलेक्ट्रोलाइट्सको वर्तमान अवस्था के छ, त्यो पनि थाह पाउन सकिएको नसकिएको अवस्थामा डा.केसीले सामान्य रक्तचाप पनि परिक्षण गर्न पनि अस्विकार गरेका छन् । 



काठमाडौ आएकै दिन मुटुको अवस्था बारे जाँच गरि डा.केसीलाई सिसियुमा लाने तयारी थियो तर जाँच गर्न नै अस्विकार गरेका कारण केसीका शरीर भित्र के कस्ता परिवर्तन भइरहेका छन्, यसै भन्न सकिने अवस्था नरहेको देखिएको छ ।


शुक्रबार भेट गर्न आएका कसैसँग पनि डा. केसीले दोहोरो संवाद गर्न सकेका थिएनन् । डा.केसीले अत्यन्त सम्मान गर्ने केदार भक्त माथेमासँग पनि उहाँ बोल्न सकेका थिएनन् । त्यस्तै पुर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग  पनि हातको इसाराले  मात्र कुरा गरेका थिए । यसले उनको स्वास्थ्यमा थप जटिलता थपिएको देखिएको छ ।



कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको घटना पश्चात् डा. केसी विक्षिप्त रहँदै आएका छन् । 
सरकार डा.केसीलाई सुविधासम्पन्न ठाउँमा ल्याएको भनेर ढुक्क बसिरहेको अवस्थामा, डा.केसीको पछिल्लो अडानका कारण काठमाडौ आएरै पनि स्वास्थ्यमा देखिएका गम्भीर समस्याहरुको थप केही समाधानहरु गरिएको छैन ।



डा.केसीको भनाइ छ ," आखिर म अनशमा थिएँ, जे यहाँ गरिन्छ त्यो कर्णालीमा पनि भइ नै रहेको थियो।" स्वास्थ्य उपचार गर्ने बहानामा आफुलाइ त्यहाँबाट उठाएर सम्पुर्ण अभियानलाई नै तुहाउन खोजेको उनको आरोप छ ।

वार्ता हुन् सकेन :

सरकारले गत सात वार्ता टोली गठन गरेर दुई पटक वार्ता गरेपनि स्थगित भएको वार्ता फेरी बस्नसकेको छैन । सरकारी वार्ता टोली विहिबार जुम्ला गएर डा.केसीलाई काठमाडौँ ल्याएपछि फेरी वार्ता गर्ने कुनै तयारी देखिएको छैन ।

यसअघि भएका दुई पटकका वार्तामा सरकारी पक्षले गोविन्द केसीलाई काठमाडौँ ल्याउने विश्वय्मा मात्र कुरा अग्रेको र डा.केसीपक्षका सदस्यले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने माग गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै