नेपालले हम्पशायर हग्स क्रिकेट क्लबसँग आज पहिलो अभ्यास खेल खेल्दै 

खरीबोट

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम लन्डन पुगेको छ । त्रिकोणात्मक टि-२० श्रृखंला र नेदरल्याण्डसँग ऐतिहासिक  पहिलो एकदिवसीय सिरिज खेल्न लन्डन पुगेको नेपाली टीमले आज लण्डनको प्रतिष्ठित क्लब हम्पशायर हग्स क्रिकेट क्लबसँग पहिलो अभ्यास खेल खेल्दै छ ।

यो खेल स्थानीय समय अनुसार ११ बजे र नेपाली समय अनुसार अपराह्न ३:४५ बजे हुदै छ । 

हग्स क्लब सन् १९८० पछि पहिलो पटक आइसिसी रजिष्टर्ड देशसँग खेल्न लागेको हो । १९८० मा हग्स न्युजील्याण्डसँग अभ्यास खेल खेलेको थियो । हग्स क्लब सन् १८७७ मा स्थापना भएको बेलायतको प्रतिष्ठित क्रिकेट क्लब मानिन्छ । 

नेपालले आफ्ना असिफियल खेल खेल्नु अघि ४ अभ्यास खेल खेल्ने भएको छ ।जसमा साउन ५ गते हग्स क्लबसँग अभ्यास खेल (५० ओभर खेल), साउन ७ गते सेन्ट क्रस क्लबसँग (टि-२० खेल), साउन ९ गते इस्ट लन्डन एघारसँग ( ५० ओभर खेल), साउन १० गते इस्ट लन्डन शार्कसँग ( टि-२० खेल) रहेका छन् ।

अभ्यास खेलपछि  नेपालले मेर्लिबोन क्रिकेट क्लव (एमसीसी) र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृखंलामा जुलाई २९ अर्थात साउन १३ गते खेल्दै छ । जसलाई आइसीसीले अन्तराष्ट्रिय मान्यता पनि दिएको छ ।

२० ओभरको खेलमा नेपालले पहिलो खेल एमसीसीसँग खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्डससँग  प्रतिस्पर्धा गर्नेछ । एमसीसीको नेतृत्व श्रीलंकाका खेलाडी महिला जयवर्दनेले गर्ने एमसीसीले जनाएको छ । 

नेपालले एकदिवसीय मान्यता पाएपछि खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टि-२० खेललाई आसिसीले अन्तर्राष्ट्रिय टि-२० को मान्यता दिएको हो । 

लर्डसमा ट्राइसिरीज खेलेपछि टिम पहिलो अन्तराष्ट्रिय एकदिवसिय खेलका लागि नेदरल्याण्डस् जानेछ । जसमा नेपालले घरेलु टिमसँग दुई एकदिवसिय खेल खेल्नेछ । नेपाल र नेदरल्याण्डसबीच अगस्ट १ र ३ अर्थात साउन १६ र १८ गते दुई एकदिवसीय खेल हुने छ । 

सम्बन्धित समाचार

राष्ट्रिय क्रिकेट टिमको सम्मानमा राष्ट्रपतिको दिवाभोज

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छन् ।  राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा मंगलबार शीतल निवासमा आयोजना गरेको समारोहमा

एशिया कप क्वालिफायरको तयारीमा राष्ट्रिय क्रिकेट टिम आजदेखि क्लोज क्याम्पमा 

काठमाडौँ।  आगामी भदौ १३ देखि हुने एशिया कप क्वालिफायरको लागि आजदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण ( क्लोज क्याम्प) सुरु हुदै छ।  बन्द प्रशिक्षणकाका लागि १९ सदस्यीय खेलाडीको छनौट

मलेसियन प्रिमियर लिगमा सागर पुनले हाने दोस्रो शतक 

काठमाडौँ।  मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सागर पुनले शतक प्रहार गरेका छन्। मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनलमा सागरले

एशिया कप क्वालिफायर प्रशिक्षण क्याम्पका लागि १९ खेलाडी छनौट, को को परे ?

काठमाडौँ।  भदौ १३ देखि हुने एशिया कप क्वालिफायरको लागि प्रशिक्षण क्याम्पका लागि १९ सदस्यीय खेलाडीको छनौट गरिएको छ। क्याम्पका लागि छानिएका खेलाडीमा शरद भेस्वाकर पहिलो एकदिवसीय खेल्ने क्रममा घाइते भएका कारण