• २०८१ बैशाख ७ शुक्रबार

आकाश र आँचलको फिल्म ब्ल्याकको गीत सार्वजनिक 

kharibot

काठमाडौँ । फिल्म  ‘ब्ल्याक’ को दोस्रो गीत  'तिम्रो लागि' सार्वजनिक  गरिएको छ । 

गीतमा आकाश श्रेष्ठ र आँचल शर्मा फिचर्ड छन् । यस रोमान्टिक गीतमा यो जोडीलाई उत्कृष्ट देखिएको छ । गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने गीतलाई डा. कृष्णहरि बरालले लेखेका हुन् । गीतलाइ महेश खड्काले संगीत दिएका छन् ।   

प्रदिप श्रेष्ठ निर्देशित यसमा सुन्दर श्रेष्ठ, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल पनि लिड रोलमा छन् । फिल्मको यस अघि सार्वजनिक गित पल पल हर पललाई दर्शकले अत्यन्त मन पराएका छन् । 

आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा द्वन्द्व चन्द्र पन्तको रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’ मा कोरियोग्राफी रामजी लामिछानेको र छायांकन रामशरण उप्रेतीले गरेका छन् ।

फिल्म आगामी भाद्र १ गते रिलिज गरिने भएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै