• २०८१ बैशाख ११ मंगलबार

डा. गोविन्द केसीद्वारा स्वास्थ्य परीक्षण गर्न अस्विकार 

kharibot

काठमाडौँ । अनसनरत डा. गोविन्द केसीले विहिबार काठमाडौँ आएदेखि आफ्नो स्वास्थ्य परीक्षण गर्न अस्विकार गरेका छन् । 

जुम्लामा नियमित स्वास्थ्य परिक्षण गर्न दिएका डा.केसीले विहिबार काठमाडौँ ल्याएदेखि स्वास्थ्य जाँच गर्न मानिरहेका छैनन् । रगत जाँच गर्न नमान्दा डा.केसीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने जानकारी लिन मुस्किल भएको उनको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । 

विहिबारको घटनाको विरोधमा डा.केसीले आफ्नो स्वास्थ्य परिक्षण गर्न नमानिरहेको बताइएको छ ।

विहिबार दिनभरीको सरकारी प्रयासपछि डा.केसीलाई साँझ ७:१५ मा काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुर्याइएको थियो । 

महाराजगन्ज पुगेपछि डा.केसीले पत्रकार सम्मेलन गर्दै आफ्नो अनसन जारी रहने जानकारी गराएका थिए । २० दिनसम्म जुम्लामा अनसन गरेका डा.केसीको आज अनसनको २१औ दिन हो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै