• २०८१ बैशाख १४ शुक्रबार

ड़ा.केसीलाई भेटेपछि देउवाले भने, 'डा. केसी कसैले उचालेर उचालिने व्यक्ति होइनन्'

kharibot

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षण अस्पताल महाराजगन्ज पुगेर अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन् ।

शुक्रबार अपराह्न त्रिवि शिक्षण अस्पतालमा डाक्टर केसीलाई भेटेर डा.केसी कसैले उचालेर उचालिने व्यक्ति नभएको प्रतिक्रिया दिएका छन् । देउवाले डा.केसीको माग तुरून्त पुरा गर्न सरकारलाई आग्रह पनि गरेका छन् ।

देउवाले मिडियासँग कुरा गर्दै भने,‘मैले उहाँको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेरै मागबारे अगवत गराएको छु।’

देउवाले डा.केसीको स्वास्थ्यमा खेलबाड नगर्नु भन्दै उनको माग पुरा गराउने सबै सर्वसाधारण जनतालाई साथ दिन आग्रह गरेका छ्न् ।

विहिबार साँझ जुम्लाबाट शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएका डा.केसीले आफ्नो अनसन जारी रहने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै