• २०८१ बैशाख १३ बिहीबार

यौन दुराचारको आरोपमा ६६ बर्षिय स्विस नागरिक पक्राउ 

kharibot

काठमाडौँ । यौन दुराचारको आरोपमा प्रहरीले ६६ बर्षिय स्विस नागरिक पिटर क्रिस्टियन लनजेन्डर्फ़लाई पक्राउ गरेको छ । 

प्रहरीले पिटरले १६ बर्षिय नाबालकलाई फेस्बुकबाट साथी बनाई यौन शोषण गरेको आरोप लगाएको छ ।  प्रहरीले पिटर क्रिस्टियनले सो आरोप स्वीकार गरेको भन्दै उनलाई थप अनुसान्धान गरी कारवाहीको लागि महानगरी प्रहरी परिसर, टेकुमा पठाइएको बताएको छ । पिटरले १६ बर्षिय नाबालकलाई फकाएर काठमाडौँ, भक्तपुरका विभिन्न होटलमा लागेर यौन दुराचार गरेको र घटना बाहिर नल्याउन भन्दै पैसा दिने गरेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानबाट पिटरले नेपालआई काठमाडौँको बौद्ध, भक्तपुरको दरबार स्क्वायर र रसुवा जिल्लामा होटल, शैक्षिक संस्था तथा अन्य संस्था चलाउदै आएको खुलेको प्रहरीले उल्लेख गरको छ । 

मुलुकी ऐन, जबरजस्ती करणी महलको दफा ३ अनुसार सोह्र वर्ष भन्दा कमको नावालकलाई जबरजस्ती करणी गरेमा ६ देखि १० वर्ष सम्म कैद सजाय हुने साथै कुनै किसिमको अप्राकृतिक मैथुन गरेमा यसै महलको दफा ३ अनुसार हुने सजायको थप १ वर्ष कैद हुने कानूनी व्यवस्था रहेको । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै