क्रिस्टियानो रोनाल्डोले दिए २५ लाख टिप्स !

खरीबोट

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले एक रिसोर्टमा २५ लाख टिप्स दिएको खुलासा भएको छ ।  

विश्वकपमा उरुग्वेसँग पराजित भएपछि परिवारसहित छुट्टी मनाउन ग्रिस गएका रोनाल्डोले ग्रिसको रिसोर्टका कर्मचारीको सर्भिसबाट खुशी भएर ठुलो रकम टिप्स दिएको खुलेको छ ।  रोनाल्डोले रिसोर्टका सबै कर्मचारीलाई १७ हजार ८ सय ५० पाउण्ड टिप्स दिएको बताइएको छ ।  सो रकम नेपालीमा २५ लाख ५० हजार हुने गर्दछ । 

रोनाल्डो सोहि रिसोर्टबाट इटालियन क्लब युभेन्टससँग सम्झौता गर्न टुरीन शहर पुगेका थिए ।  त्यसअघि सोही रिसोर्टमा युभेन्टसका अध्यक्ष र रोनाल्डोबीच ट्रान्सफरका बारेमा छलफल भएको थियो । 

स्पेनको म्याड्रिड शहरबाट इटालीमा बसाई सर्ने तयारीमा रहेका रोनाल्डोले रिसोर्टको सर्भिस र सेवाबाट प्रभावित भएर ५ अंकको टिप्स दिएको बताइएको छ । 

हाल नाईकको फुटबल टुरका लागि चीन पुगेका रोनाल्डो युभेन्टसबाट सिरी ए को पहिलो खेल देखि नै खेल्ने बताएका छन् ।      

सम्बन्धित समाचार

बर्षको उत्कृष्ट गोलका लागि रोनाल्डोसहित ११ खेलाडीको मनोनयन सार्वजनिक, को को परे ? 

काठमाडौँ। युरोपियन फुटबल फेडेरेशनले गत सिजनको गोल अफ द सिजनको लागि ११खेलाडीले गरेको गोल छनौट गरेको छ।  यूएफएले सार्वजनिक गरेको गोलको सुचीमा तत्कालिन रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको खेलमा युभेन्टसविरुद्धगरेको

रोनाल्डोले गरे युभेन्टसका लागि डेभ्यु गोल

काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि डेभ्यु गोल गरेका छन्।   गएराती भएको युभेन्टस अन्डर १९ सँगको मैत्रीपूर्ण खेलमा रोनाल्डोले युभेन्टसको सिनियर टिमबाट युभेन्टसका लागि पहिलो सहभागिता जनाउदै युभेन्टसका लागि आफ्नो पहिलो

ब्राजिलका रोनाल्डो स्पेनको आइल्याण्डमा अचानक अस्वस्थ, उपचारका लागि अस्पताल भर्ना  

काठमाडौँ।  ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो छातीमा समस्या भएपछि अस्पतालमा भर्ना भएका छन्।   ४१ बर्षिय रोनाल्डोले अचानक छातीमा समस्या भएपछि हतारमा अस्पतालमा लागिएको स्थानीयमिडिया ले उल्लेख गरेको डेली मेलले लेखेको छ।

रोमामाथि रियल म्याड्रिडको जित, ग्यारेथ बेलले रोनाल्डोको ठाउ लिदै 

काठमाडौँ।  रियल म्याड्रिडले हाल जारी इन्टरनेशनल च्याम्पियन्स कपमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ।  बुधबार बिहान भएको खेलमा रियलले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो।  रियलको जितमा मारको एसेन्सियो