फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

खरीबोट

फाइल तस्विर । 

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । 

बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ । 

चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नुभएको छ । 

फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन् । 

महानगरपालिकाले फोहर व्यवस्थापन गर्दै आएको सिसडोल र त्यस आसपास क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएपछि समस्या उत्पन्न भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडकमा संकलन भएका फोहरलाई छिटो व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिँदै सर्वसाधारण नागरिकले घरबाट निस्कने फोहरलाई अहिले सडकमा जथाभावी नमिल्काउन आग्रह गरे । 

काठमाडौँमा मात्र दैनिक करीब ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाले जनाएको छ । 
 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न समिति गठन

काठमाडौँ उपत्यकाबाट उत्पन्न हुने फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ ।  लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले

अस्पतालजन्य फोहरबाट वातावरणमा दुष्प्रभाव

काठमाडौँ /  अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधिजन्य फोहर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि त्यसलाई कडाइका साथ अपनाएको पाइँदैन ।  काठमाडौँ उपत्यकाका अधिकांश स्वास्थ्य क्लिनिकले त्यस्ता फोहरलाई

सगरमाथामा फोहर बढेकोप्रति सरोकारवालाको चिन्ता

काठमाडौँ। विश्वव्यापी तापमान र जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।  राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक

उपत्यकाको फोहर उठ्न थाल्यो

काठमाडौँ / करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ ।  यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन ।