स्पेनभन्दा कम कर तिर्नुपर्ने कारणले रोनाल्डो इटाली गए - ला लिगा प्रमुख

खरीबोट

काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेर इटाली जानुमा धेरै आश्चर्यमा परेका छन् ।

रोनाल्डो इटाली जानुको प्रमुख कारण स्पेनको करको नियम रहेको ला लिगाका प्रमुख जाभियर टेबासले बताएका छन् । टेबासले स्पेनको कर नीतिले ला लिगाको विकासमा असर पुगेको बताएका छन् । ९ सिजन स्पेनमा बिताएर इटालीको युभेन्टस पुगेका रोनाल्डोलाई रियल म्याड्रिडमा जति कमाई गरेपनि इटालीको कर नीतिका कारण बढी फाइदा हुने टेबासले बताएका छन् ।

इटालीमा उच्च कर रेट ४६.२९ प्रतिशत छ जबकी स्पेनमा सोहि रेट ५२ प्रतिशत रहेको छ । धेरै ठुलो कमाई हुने खेलाडीका लागि यो फरकले पनि ठुलो अर्थ राख्ने भन्दै कर नीतिका कारण ला लिगाले ठुला खेलाडी अझै गुमाउन सक्ने उनले बताएका छन् ।

रोनाल्डो स्पेनमा कर छली प्रकरणमा पनि परेका थिए । केहि साता अघि मात्र रोनाल्डोले स्पेनका कर अधिकारीहरुसँग लगभग २२ मिलियन अमेरिकी डलर कर तिरेर सो विवाद मिलाएको बताइएको छ ।

रोनाल्डो अहिले नाइक ब्रान्डका प्रमुख चेहेरा हुन् । रोनाल्डोले नाइकसंग जीवन भरका लागि लगभग एक बिलियन अमेरिकी डलरको सम्झौता गरेको बताइएको छ । त्यस्तै रोनाल्डोले घडी ब्रान्ड ट्याग हेउयरको पनि ब्रान्ड एम्बेसडर हुन् भने रोनाल्डोको आफ्नै फेन्सी कपडाको ब्रान्ड सिआर ७ र होटलको चेन रहेको छ ।

यी सबैबाट हुने कमाई इटालीमा लगभग साढे ५ प्रतिशत कम कर तिर्नु पर्ने हुदा आउदो बर्ष रोनाल्डोको कमाई झन् बढ्ने बताइएको छ । फोर्ब्सले हालै प्रकाशित गरेको एक सुचिमा रोनाल्डोको पछिल्लो १२ महिनाको कमाई एक सय ३ मिलियन डलर रहेको छ ।  

 

सम्बन्धित समाचार

बर्षको उत्कृष्ट गोलका लागि रोनाल्डोसहित ११ खेलाडीको मनोनयन सार्वजनिक, को को परे ? 

काठमाडौँ। युरोपियन फुटबल फेडेरेशनले गत सिजनको गोल अफ द सिजनको लागि ११खेलाडीले गरेको गोल छनौट गरेको छ।  यूएफएले सार्वजनिक गरेको गोलको सुचीमा तत्कालिन रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको खेलमा युभेन्टसविरुद्धगरेको

रोनाल्डोले गरे युभेन्टसका लागि डेभ्यु गोल

काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि डेभ्यु गोल गरेका छन्।   गएराती भएको युभेन्टस अन्डर १९ सँगको मैत्रीपूर्ण खेलमा रोनाल्डोले युभेन्टसको सिनियर टिमबाट युभेन्टसका लागि पहिलो सहभागिता जनाउदै युभेन्टसका लागि आफ्नो पहिलो

ब्राजिलका रोनाल्डो स्पेनको आइल्याण्डमा अचानक अस्वस्थ, उपचारका लागि अस्पताल भर्ना  

काठमाडौँ।  ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो छातीमा समस्या भएपछि अस्पतालमा भर्ना भएका छन्।   ४१ बर्षिय रोनाल्डोले अचानक छातीमा समस्या भएपछि हतारमा अस्पतालमा लागिएको स्थानीयमिडिया ले उल्लेख गरेको डेली मेलले लेखेको छ।

रोमामाथि रियल म्याड्रिडको जित, ग्यारेथ बेलले रोनाल्डोको ठाउ लिदै 

काठमाडौँ।  रियल म्याड्रिडले हाल जारी इन्टरनेशनल च्याम्पियन्स कपमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ।  बुधबार बिहान भएको खेलमा रियलले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो।  रियलको जितमा मारको एसेन्सियो