• २०८१ बैशाख १३ बिहीबार

जुम्लामा प्रहरीको भुमिकामा प्रश्न उठ्यो, झुट बोलेर किन झुक्काइयो डा.केसीलाई ?

kharibot

काठमाडौँ । जुम्ला विहिबार दिनभर खबर रह्यो ।

करिब ११ बजे सरकारी वार्ता टोली हेलिकप्टर लिए डा.केसीलाई लिएर कर्णलाई विज्ञान प्रतिष्ठानको हातमा पुग्दा डा.केसीका सार्थक विद्यार्थी तथा स्थानीय महिला उपस्थित भइसकेका थिए । त्यसपछि प्रतिष्ठानमा तानव  सुरु भएको थियो । पहिले नै सुरक्षाकर्मिको व्यापक परिचालन गरिएपछि केहि हुने संकेत विहान देखि नै देखिएको थियो । 

डा. केसीलाई लैजान नदिन विद्यार्थीहरु अस्पतालको सिढीमा  बसेका थिए भने बाहिर बात स्थानीय महिलाहरुले पनि डा.केसीलाई जबर्जस्ती लैजान नदिन  विरोध गरेका थिए ।

त्यहाँ पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून – गृहमन्त्री नरेश भण्डारी सहितको टोली समेत केसी रहेको कक्षमा पुग्न नसकी फिर्ता भएको भयो ।  

मुख्यमन्त्रीसहितको टोलि फिर्ता भएपछि प्रहरीले एकाएक लाठी प्रहार गरेको थियो । प्रहरी आक्रामक बनेपछि अस्पताल परिसरको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले अस्पताल परिसरमा असुर्ग्यास समेत छोडेको थियो । 

घटनामा प्रहरीले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए पनि प्रहरीले भने गोली  नचलाएको बताएको छ । घटनामा एक प्रहरी जवान कमल शर्मा उपाध्यायको अवस्था चिन्ताजनक रहेको छ भने उनको अहिले नेपालगंज मेडिकल कलेजमा उपचार हुदै छ । त्यस्तै घटनामा २७ जना विद्यार्थी घाइते भएका छन् ।

प्रहरीले नै दियो प्रहरी जवान मृत्युको खबर :

अहिले प्रतिष्ठान परिसरमा गोली चेको र नचलेकोमा दुई थरि बयान आएका छन् । प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर गोली नचलेको र प्रहरी जवानलाई पेटमा किला र सिसा लागेको बताएको छ । 

विज्ञप्तिमा मिडियालाई पनि दोषी बताइएको छ ।  जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्ने प्रहरी आफैंले सञ्चार माध्यमलाई गाली गर्दै बुधबार साँझ अनौठो विज्ञप्ति जारी गरेको छ । जुम्ला घटनामा प्रहरी जवानको मृत्यु भएको भनेर संवेदनशील विषयमा आधिकारिक पुष्टि नभई सञ्चारमाध्यमले गलत समाचार सम्प्रेष्ण गरेको भन्दै प्रहरी प्रधान कार्यालयले सञ्चारमाध्यमलाई गाली गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सञ्चार माध्यमलाई मानवीय संवेदनाको विषयमा सूचनाको आधिकारिक पुष्टि नगरी समाचार सम्प्रेषण गरेको आरोप लगाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार संप्रेषण गर्ने र मृत्यु जस्तो मानवीय संवदेनाको विषयमा सूचनाको आधिकारिकता पुष्टि समेत नगरी समाचार संप्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवं भावनात्मक आघात पर्न गएको छ ।’
तर घटनास्थलको वास्तविकता भने अर्कै थियो ।

विहीबार जुम्लाका डीएसपी डा. तपन दाहालले माइकिङ नै गरेर प्रहरी जवानको मृत्यु भएको बताएका थिए । उनले एकजना प्रहरी जवानको मृत्यु भइसकेकोले  अब आफुहरुले थप संयमता नअपनाउने चेतावनी दिएका थिए ।  
उनले भने, 'हाम्रो प्रहरी जवान पनि मरेको हुनाले, क्याजल्टी भएको हुनाले… हामीले पनि धेरैबेर संयमता अपनायौं ।'  अस्पतालमा भएको झडपमा प्रहरी जवानको मृत्यु भएको खबर डीएसपीले आफैं माइकबाट फुकेका थिए । उनले प्रहरी मरेको भन्दै सार्वजनिक रुपमा गरेको माइकिङ एउटा टेलिभिजनमा लाइभ प्रशारण समेत भएको थियो ।

प्रहरीले किन झुक्कायो ?

प्रहरी मरेको र विद्यार्थी घाइते भएको भनेपछि डा. केसी अनसन स्थलमा रोएको उनका सहयोगीघरुले बताएका छन् । सो घटना पछि उनले तुरुन्त काठमाडौँ जान आफु तयार भएको बताएर काठमाडौँ आएका थिए । तर सबै घटनाक्रमलाइ हेर्दा प्रहरीले झुटको सहारा लिएर काम गरेको देखिन्छ ।

अहिलेको संचार र प्रविधिको युगमा यति ठुलो घटनालाई पनि ढाकछोप गर्न र उल्टो मिडियालाई दोष दिनु प्रहरी प्रहरी प्रशासनको ठुलो भुल देखिन्छ । यसले समाजलाई सहि दिशा तर्फ लैजादैन । जुम्ला प्रहरीले आफैले प्रहरीको निधन भएकोघोषणा गर्ने अनि मिडिया संवेदनशील भएन भन्ने ? लोकतन्त्रमा सुरक्षा निकायको ठुलो भूमिका हुन्छ तर राजनीतिको भुमरीमा सुरक्षा निकाय पर्यो भने जुम्लामा जस्तो घटना हुन्छ ।

भर्खर भर्खर राजनीतिक स्थिरता आइरहेको बेला यस्ता अभ्यासले हामीलाई फेरी २०४८ साल तिर नै फर्काउदै छ, यसले अगाडी कदापि लैजादैन । घटनामा राजनीतिक स्वार्थ जसको जे भएपनि प्रहरीले भएको घटनालाई नै धाकछोप गरेर अर्कै बयान गर्नुले प्रहरीको निष्पक्षतामा प्रश्न उठेको छ । 

डा. केसीको अनसन जारी रहने 

जुम्लामा अनसनरत डा. गोविन्द केसीले शिक्षण अस्पताल, काठमाडौँमा पुगेपछि पत्रकार सम्मेलन गरेका छन् । 

पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले क्रुरतापूर्वक आफ्नो इच्छा विपरित अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् ।

‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ। त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ’, केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु।’

केसीले अनसनमा ऐक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गर्दै जुम्ला अस्पतालमा भएको झडपका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले जुम्लाबाट सरकारले काठमाडौं ल्याए पनि आफ्नो अनसन भने निरन्तर जारी रहेने जानकारी गराएका छन् ।

‘यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु। सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।  ज्यादतीमा संलग्न  हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु’, केसीले भनेका छन्, ‘माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु। साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु।’ 

पत्रकार सम्मेलनमा केसीले सहयोगीलाई प्रेस विज्ञप्ति वाचन गर्न लगाएका थिए । सरकारी वार्ता टोलीसहितको टोलीले डा.केसीलाई साँझ ७:१५ बजे शिक्षण  ल्याएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै