• २०८१ बैशाख १२ बुधबार

ट्रम्पसँग भएका सहमति कार्यान्वयन हुनेमा पुटिनको आशंका

kharibot

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गरेका छ्न् । 

केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उनले आशंका व्यक्त गरेका हुन् । राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल’ भएको टिप्पणी पनि गरेको समाचारमा जनाइएको छ । 

रुसका राजदूतहरुको एउटा सम्मेलनमा पुटिनले दुई नेताका बीचमा निकै उपयोगी र अवश्यक सहमति भएको बताए । आफुहरु द्विपक्षीय हितका विषयमा मिलेर अगाडि बढ्न तयार भएको पनि उहाँले जानकारी दिए । एक आपसमा अन्त्यन्त सन्तुष्ट राष्ट्रका रुपमा रहने उनको भनाइ छ । 

एक आपसका अत्यन्त आलोचक र आक्रमक देखिने पुटिन र ट्रम्पबीच गत सोमबार हेल्सिन्कीमा शिखर वार्ता भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै