• २०८१ बैशाख ८ शनिबार

भक्तपुरमा स्कूल बस दुर्घटनामा ६५ विद्यार्थी घाइते (अपडेट)

kharibot

तस्बीर : रासस

भक्तपुर  । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न मध्यपुरथिमि–९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते भएका छन् । 

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र २४ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये बसका सहचालक २८ वर्षीय अनिल थापाको नागरिक अस्पतालमा उपचार हुन नसकेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा पठाएको छ । थापाको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिए । 

अर्का गम्भीर घाइते चार वर्षीया प्रतीज्ञा श्रेष्ठलाई काठमाडौँ मेडिकल कलेज पठाएको निर्देशक श्रेष्ठले जानकारी दिए । 

सडकमा अर्को गाडीलाई ठाउँ दिने क्रममा बसले पछाडि हटाउँदा सडकबाट १५ फिट तल खसेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिए । 

विद्यालयकी प्रिन्सिपल लालिमा मालाकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालयले व्यहोर्ने बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै