• २०८१ बैशाख ८ शनिबार

जुम्लामा घाइते भएका प्रहरी जवानलाई हेलिकप्टरमा काठमाडौँ लगियो  

kharibot

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान कमल शर्मा उपाध्यायलाई थप उपचारका  लागि काठमाडौं लगिएको छ । 

घाइते कमललाई फिस्टेल एयरको हेलिकप्टरबाट थप उपचारका लागि  काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जुम्लामा पछिल्लो २० दिनदेखि अनसनरत रहेका डा. गोविन्द केसीलाई काठमाडौं लैजाने प्रयासमा दोहोरो झडपहुदा प्रहरी जवान कमल गम्भीर घाइते भएका थिए । 

उनको दायाँ फोक्सो छेडिएको र मुटुको समस्या भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।  उनलाई गोलि लागेको या सिसाले लागेको भन्ने अझै प्रष्ट हुन् सकेको छैन । सुरुमा प्रहरीले चलाएको गोली लागेर घाइते भएको भनिए पनि प्रहरीले गोली नचलाएको दाबि गरिरहेको छ ।  

उनलाई भेन्टिलेटरमै काठमाडौं शिक्षण अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । दाँया फोक्सोभित्र कुनै वस्तु  रहेको तर गोली, किला वा सिसामध्ये के हो भन्ने थाहा नभएको डाक्टरहरुले जनाएका छन् ।

घाइते प्रहरी जवान कमलको साथमा दुईजना चिकित्सकहरु पनि गएका अस्पतालले जनाएको छ ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै