• २०८१ बैशाख ८ शनिबार

भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते

kharibot

भक्तपुर  । भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । दुर्घटनामा परेको स्कुल बस क्रिश्चियन कम्युनिटी स्कुलको भएको प्रहरीले जनाएको छ । 

बस मुलपानीबाट  बा २ क ९२५० नम्बरको बस विद्यार्थी लिएर भक्तपुरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । 

घाइतेमध्ये ४१ जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । भने १७ जनाको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेकाले उनीहरुको मध्यपुर थिमीको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै