• २०८१ बैशाख ४ मंगलबार

विश्व कपमा छनौट हुन अर्जेन्टिनाको संघर्ष जारी, भेनेजुएलासँग बराबरीमा रोकियो

kharibot

काठमाडौँ ।  दक्षिण अमेरिकी समुह अन्तर्गत भएको विश्वकप छनौट खेलमा अर्जेन्टिना फेरी पनि बराबरीमा रोकिएको छ । 

अर्जेन्टिना बुधबार बिहान भएको खेलमा भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो । यो बराबरीपछि अर्जेन्टिनाले विश्वकपमा स्थान बनाउन थप संघर्ष गर्नुपर्ने देखिएको छ । 

आजको खेलमा अर्जेन्टिनाको तर्फबाट कुनै गोल भएन । दुवै ग्ल भेनेजुएलाका खेलाडीले गरेका थिए । खेलको ५०औ मिनेटमा भेनेजुएलाका मुरिल्लोले गोल गर्दै सुरुवाती अग्रता

दिलाएपनि खेलको ५४औ मिनेटमा भेनेजुएलाका फ्लेटसरले आत्मघाती गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याइदिएका थिए ।   

दक्षिण अमेरिकी समुहबाट शिर्ष चार टिम सिधै छनौट हुने छन् भने पाचौ हुने टिम इन्टरकन्टिनेन्टल टिमसँग छनौट खेल खेल्नु पर्ने हुन्छ ।

अर्जेन्टिना छनौट चरणको खेलमा अब दुई खेल मात्र खेल्न बाँकी हुँदा समुहमा १६ खेलमा २४ अंक सहित पाँचौ स्थानमा रहेको छ । आजको खेलमा चिली पराजित भएर अर्जेन्टिनालाई केहि राहत भने भएको छ । अब अर्जेन्टिना अक्टोबर ५ मा पेरुसँग र अक्टोबर १० मा इक्वेडरसँग खेल्ने छ ।  

दक्षिण अमेरिकी समुह अन्तर्गत ब्राजिल यस अघि नै विश्व कपका लागि छनौट भइसकेको छ भने समुहको दोस्रो स्थानमा कोलम्बिया, तेस्रो स्थानमा उरुग्वे र चौथो स्थानमा पेरु रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै