• २०८१ बैशाख १३ बिहीबार

बाराको झण्डै दुई अर्ब बजेट फ्रिज

kharibot

बारा । आर्थिक वर्ष २०७३÷७४ को कुल बजेट मध्य बारामा झण्डै दुई अर्व रुपैयाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका अनुसार विभिन्न कार्यालयको एक अर्व ९० करोड रुपैयाँ बजेट खर्च हुँन नसकि फिर्ता भएको हो । 

आर्थिक वर्ष २०७३÷७४ का लागि बारामा बिनियोजित ९ अर्ब २८ करोड ४१ लाख १४ हजार ७ सय ५७ रुपैयाँ बजेट मध्ये २१ प्रतिशत रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ । 

चालु र पूँजिगत गरि जिल्लाको कुल बजेट मध्ये एक अर्ब ९० करोड ७७ लाख ८९ हजार ७ सय ८१ रुपैयाँ बजेट फ्रिज भएको हो । 

आर्थिक वर्ष २०७३÷७४ मा बारामा चालु खर्च तर्फ ७ अर्ब ७९ करोड २२ लाख १९ हजार ६ सय ७७ रुपैयाँ विनियोजन भएकोमा ७९ प्रतिशत अर्थात ६ अर्ब १५ करोड १९ लाख ७९ हजार ४ सय ६५ रुपैयाँ मात्र खर्च भएको छ । 

चालु खर्च तर्फको २१ प्रतिशत रकम अर्थात एक अर्व ६४ करोड दुई लाख ४० हजार २ सय २ रुपैयाँ फ्रिज भएको कोलेनिका बाराले जनाएको छ । 

यस्तै पुँजीगत खर्च तर्फ विनियोजित एक अर्ब ४९ करोड १८ लाख ९५ हजार रुपैयाँ मध्य ८२ प्रतिशत रकम खर्च भएको छ । पुँजीगत तर्फ एक अर्व २२ करोड ४३ लाख ४५ हजार ५ सय १० रुपैयाँ खर्च भएको कोलेनिका बाराका प्रमुख चिरन्जीवि अधिकारीले जानकारी दिए । पूँजीगत तर्फ २६ करोड ७५ लाख ४९ हजार ५ सय ७९ रुपैयाँ फ्रिज भएको अधिकारीले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत यस जिल्लामा सञ्चालित माछा सुपरजोन कार्यक्रम , जिल्ला विकास समिती , जिल्ला प्रशासन कार्यालय , जिल्ला शिक्षा कार्यालय , जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय जिल्ला बन कार्यालय लगायतको बढि रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुख चिरन्जीवि अधिकारीले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै