• २०८१ बैशाख ८ शनिबार

डा.गोविन्द केसीले अन्तत: जुम्ला छोडे, सेनाको हेलिकप्टरमा काठमाडौँ आउदै 

kharibot

काठमाडौं । डा. गोविन्द केसी जुम्लाबाट काठमाडौँका लागि उडेका छन् । उनलाई स्थानीयले माला लगाएर बिदाई गरेका छन् । 

विहान देखिको झडप र प्रदर्शन पछि प्रहरीले अन्तत डा.केसीलाई चेतावनी दिएपछि उनी काठमाडौँ आउँ तयार भएका हुन् । उनलाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ ल्याउदै छ । सरकारले शिक्षा सचिवसहित डाक्टरको टोली पठाएर डा. केसीलाई काठमाडौँ ल्याउन पहल गरेको थियो ।

आजै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बराल नेतृत्वको टोली डा केसीको स्वास्थ्य स्थिति बुझ्न आज बिहान ११ बजे जुम्ला पुगेको थियो ।

जुम्ला पुगेको संघीय सरकारको वार्ता टोली र कर्णाली प्रदेश सरकारलाई आन्दोलनकारीहरुले असहज अवस्था सृजना गर्दा वार्ता हुन सकेन । 

यसअघि प्रहरी र डा.केसीका समर्थकहरुबीच कर्णाली अध्यान प्रतिष्ठानमा झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउदा एक प्रहरी जवान घाइते भएका छन् भने उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । झडपमा ३० जना भन्दा बढी विद्यार्थी र स्थानीय घाइते भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै