• २०८१ बैशाख ४ मंगलबार

नेपाली क्रिकेट टिम लन्डन प्रस्थान,  नेदरल्यान्ड्विरुद्ध नेपालले आफ्नो पहिलो एकदिवसीय खेल खेल्ने 

kharibot

काठमाडौँ  । बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । जेट एयरको विमानबाट आज बिहान साढे ९ बजे नेपाली क्रिकेट टिम लन्डन प्रस्थान गरेको हो । 

नेपालले क्रिकेटको घर भनिने लन्डनको लर्ड्स मैदानमा त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुनेछ । त्यस्तै बेलायतमा नेपाली टोलीले चार अभ्यास खेलसमेत खेल्नेछ । 

नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल र रोहतिकुमार पौडेल छन् । 

त्यस्तै  नेपाली टिममा जगत टमाटा (कोच), रमन सिवाकोटी ( म्यानेजर तथा टेक्निकल एनालिष्ट), दिनेश भट्ट (फिजियो), शुबास पात्रो (फिजियो) रहेका छन्  । 

शक्ति गौचनको खेलाडीको रुपमा अन्तिम टुर  

राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट आफू सन्यास लिने घोषणा गरेका छन् । राष्ट्रिय टोलीका भेट्रान खेलाडी गौचनले नेदरल्यान्डसँग हुने पहिलो एक दिवसीय श्रृङ्खला नै आफ्नो अन्तिम खेल हुने बुधबार जानकारी गराएका छन् । उनको बिदाईमा काठमाडौँमा खेल आयोजना गर्ने बताइए पनि खेलाडीको रुपमा गौचनको यो टुर नतिम टुर हुने भएको छ ।  

नेपालको खेल तालिका :

साउन ५ गते हग्स क्लबसँग अभ्यास खेल (५० ओभर खेल)
साउन ७ गते सेन्ट क्रस क्लबसँग (टि-२० खेल)
साउन ९ गते इस्ट लन्डन एघार सँग ( ५० ओभर खेल)
साउन १० गते इस्ट लन्डन शार्कसँग ( टि-२० खेल)

साउन १३ गते एमसीसी र नेदरल्याण्डसँग त्रिकोणीय (टि-२० खेल)
साउन १६ र १७ गते नेदरल्याण्डसँग एकदिवसीय खेल
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै