• २०८१ बैशाख ८ शनिबार

डा. केसीलाई काठमाडौँ ल्याउने सरकारको तयारी, डाक्टरसहितको हेलिकप्टर जुम्ला पुग्यो 

kharibot

काठमाडौँ । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले जबर्जस्ती काठमाडौँ ल्याउने तयारी गरेको छ । शिक्षामन्त्री गिरिराज मणि पोखरेलले डा. केसीलाई काठमाडौँ ल्याइने जानकारी दिएका छन् ।  

शिक्षामन्त्री पोखरेलले डा.केसीलाइ काठमाडौँ ल्याउन शिक्षा सचिवसहितको टोली जुम्ला पुगेको जानकारी दिएका छन् । उनले डा;केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएर शिक्षण अस्पताल महाराजगंजमा राखिने जानकारी दिएका छन् ।  

अहिले अनसनरत स्थान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा व्यापक रुपमा प्रहरी खटिएका छन् । 

यसअघि सत्तारुढ दल नेकपाको बुधबार साँझ बसेको आकस्मिक बैठकले डा. केसीलाई जुम्लाबाट काठमाडौँ ल्याउने निर्णय गरेको थियो । २०औ दिन अनसन गरिरहेका डा.केसीले पनि एक अडियो विज्ञप्ति जारी गर्दै सरकारलाई गुन्डागर्दी बन्द गर्न चेतावनी दिएका छन् । 

उनले नागरिकको अधिकार खोस्ने अधिकार सरकारलाई नभएको भन्दै माफियाको आडमा आफ्नो अभियान तुहाउन सरकारले यस्तो कदम चलन लागेको बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै