• २०८१ बैशाख ६ बिहीबार

नेप्सेमा तीन दसमलव २५ अंकले गिरावट, ९६ करोड ८६ लाखको सेयर किनबेच

kharibot

काठमाडौँ, नेप्सेमा आज गिरावट देखिएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार सुरुवाती समयमा केही बढेको भएपनि अन्तिममा गएर नेप्से घटेको छ । नेप्से तीन दसमलव २५ अंकले घटेर १६ सय ४३ दसमलव २८ बिन्दुमा झरेको छ भने सेन्सिटिभ शुन्य दसमलव ८७ अंकले घटेर तीन सय ४५ दसमलव ३६ बिन्दुमा झरेको छ । एक सय ५२ कम्पनीहरुको आठ हजार दुुई सय २० वटा कारोवारमा १७ लाख ७१ हजार चार सय आठ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदा कारोवार रकम ९६ करोड ८६ लाख ३१ हजार नौ सय ७१ रुपैयाँ पुगेको छ ।

आज सबैगरी आठ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार सुचक बढेको भएपनि बाँकी समुहको कारोवारमा गिरावट देखिएको छ । बाँण्ज्यि बैक समुहको सुचक चार दसमलव ४३ अंकले घटेर १४ सय २८ दसमलव ३५ बिन्दुमा झरेकोमा २४ करोड १६ लाख ३१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युुत समुहको सुचक पाँच दसमलव नौ अंकले घटेर १९ सय २५ दसमलव ६४ बिन्दुमा झरेकोमा दुई करोड ४० लाख ९९ हजार पाँच सय रुपैयँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी बीमा समुहको सुचक पनि ८१ दसमलव ८ अंकले घटेर नौ हजार पाँच सय ९४ दसमलव पाँच बिन्दुमा झरेकोमा ३२ करोड २७ लाख ३५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स र अन्य समुहको सुचकमा पनि आज गिरावट आएको छ ।

बिकास बैंक समुहको सुचक भने आज १० दसमलव तीन अंकले बढेर दुई हजार ३९ दसमलव ७० बिन्दुमा चढेकोमा २४ करोड ५५ लाख २२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी होटल र उत्पादनमुुलक समुहको सुचक पनि आज बढेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको नेशनल माईक्रो फाईनान्स बित्तीय संस्थाको सेयर मुल्य नौ रुपैयाा ९६ पैसाले बढेर २५ सय २८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मुल्य पाँच रुपैयाँ ९० पैसाले घटेर २७ सय २४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको प्रभु इन्स्योरेन्स कम्पनीको १२ सय ७५ रुपैयाँ अन्तिम मुल्यमा आठ करोड ९६ लाख ९२ हजार ६१ रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै