• २०८१ बैशाख १२ बुधबार

आइपिएलका विस्फोटक ब्याट्सम्यान रिसभ पन्त भारतीय टेस्ट टिममा, रोहित शर्मा परेनन्

kharibot

नयाँदिल्ली । भारतका विस्फोटक ब्याट्सम्यान रोहित शर्मा इङल्याण्डविरुद्धको पहिलो तीन टेस्टमा टिममा पर्न असफल भएका छन् ।  आगामी अगस्त एकबात सुरु हुने टेस्ट खेलका लागि घोषणा गरिएको १८ सदस्यीय टिममा रोहित शर्मा परेका छैनन् । टि-२० र एकदिवसीय सिरिजमा राम्रो प्रदर्शन गर्पानी रोहित टेस्ट टिममा कम्ब्याक गर्न असफल भएका हुन् । 

शर्माले टि-२० मा ९७ रन र एकदिवसीय खेलमा शतक हानेका थिए । 

भारतका लागि टेस्ट टिममा हालै सम्पन्न आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका दिल्ली डेयरडिभल्सका विकेटकिपर ब्याट्म्यान रिसभ पन्तले पहिलो पटक टेस्ट क्रिकेट टिममा ठाउ बनाएका छन् । उनी आइपिएलका उत्कृष्ट  खेलाडी बनेका  थिए । 

त्यस्तै युवा स्पिनर कुलदीप यादवले पनि टेस्ट टिममा आफ्नो स्थान बनाएका छन् । यसअघि अफगानिस्तानसँगको टेष्ट क्रिकेटमा भारतीय टिमबाट खेलेका यादव अहिले भारतका उदयमान बलर हुन् ।

इङ्ल्यान्डविरुद्धको तीन टेस्टका लागि भारतीय टोलीमा विराट कोहली (कप्तान),आजिख्य रहाणे (उपकप्तान),शिखर धवन, केएल राहुल, मुरली विजयी, चेतेश्वर पुजारा, करून नायर, दिनेश कार्तिक (विकेट किपर), रिसभ पन्त (विकेट किपर) रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, हार्दिक पाण्डेय, इशान्त शर्मा, मोहम्मद सामी,  उमेश यादव,  जसप्रित बुम्राह र सर्दुल ठाकुर रहेका छन् ।

हाल इङल्याण्ड टुरमा रहेको भारतीय क्रिकेट टिमले टि-२० सिरिज जितेको छ भने एकदिवसीय सिरिज भने २-१ ले गुमाएको छ । इङल्याण्डसंग भारतले ५ टेस्ट खेल खेल्ने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै