चितवन । नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ६ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो सफा गरेर दुईतर्फी रुपमा सवारी सुचारु गर्न कम्तीमा दिउँसो १ बज्न सक्ने अनुमान गरिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले बैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी साधनहरुले सोही बमोजिम गर्नु अनुरोध गरेको छ ।
सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ