• २०८१ बैशाख ८ शनिबार

नेप्सेमा पाँच दसमलव सात अंकले गिरावट

kharibot

काठमाडौं । साताको चौथो कारोवार दिन आज बुुधबार पनि नेप्से घटेको छ । 

आज नेप्से पाँच दसमलव सात अंकले घटेर ११ सय ९८ दसमलव ७८ बिन्दुुमा झर्दा सेन्सिटिभ एक दसमलव २४ अंकले घटेर दुुई सय ५२ दसमलव ३८ बिन्दुुमा झरेको छ । 

आज कुुल एक सय ३९ कम्पनीहरुको दुुई हजार तीन सय पाँच वटा कारोवारमा चार लाख ७७ हजार छ सय ८७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १७ करोड ५३ लाख ७७ हजार छ सय ८७ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचक स्थिर रहेको छ । यसबाहेक नौ वटा समुहको सुचक उच्च बिन्दुुमा घटेकाछन भने फाईनान्स समुहको सुचकमा सामान्य अंकले सुधार आएको छ । बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ४७ अंकले घटेर एक हजार १६ दसमलव ३२ बिन्दुुमा झर्दा आठ करोड १४ लाख ५५ हजार दुुई रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बिकास बैक समुहको सुचक पनि नौ दसमलव ७२ अंकले घटेर १४ सय १६ दसमलव ३४ बिन्दुुमा झर्दा एक करोड २७ लाख २६ हजार रुपैयाँको सेयर खरिद बिक्री र भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक पनि आज १४ दसमलव ४१ अंकले घटेर १४ सय ४४ दसमलव ४७ बिन्दुुमा झरेकोमा ५८ लाख ५५ हजार एक सय ४० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

निर्जिवन बीमा समुहको सुचक पनि ६१ दसमलव ६१ अंकले घटेर छ हजार ५० दसमलव १७ बिन्दुुमा झरेकोमा एक करोड १३ लाख आठ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक नेप्सेमा आज जीवन बीमा, टे«डिङ, उत्पादमुुलक, अन्य र लघुबित्त समुहको सुचकमा पनि गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको नेशनल हाईड्रो पावर कम्पनीको सेयर मुल्य चार रुपैयाँ ७१ पैसाले घटेर ८९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको नयाँ नेपाल  लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य छ रुपैयाँ ६६ पैसाले घटेर १९ सय ६० रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नबिल बैंकको भने प्रतिकित्ता नौ सय रुपैयाँ अन्तिम मुल्यमा दुुई करोड ५६ लाख ८४ हजार चार सय ७६ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै