• २०८१ बैशाख ८ शनिबार

आलोचना बढेपछि ट्रम्पले भने – आफ्ना जासुस संस्थाको प्रतिवेदनकै पक्षमा छु

kharibot

फाइल तस्बिर

अमेरिका (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति र आफूले गरेको पत्रकार सम्मेलनका क्रममा आफूले गलत शब्द प्रयोग गरेकोमा क्षमा मागेका छन् । उनले व्यापक आलोचना भएपछि मंगलबार अमेरिकी चुनावमा रुसले हस्तक्षेप गरेको आफ्ना जासुसी निकायको निष्कर्षमा आफू अडिग रहेको स्पष्टोक्ति दिएका हुन् । 

यसअघि रुसी राष्ट्रपतिसँगको भेटघाट पछि आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारको जिज्ञासा समाधान गर्दै ट्रम्पले आफ्ना जासुसी निकायको निष्कर्षविरुद्ध अभिव्यक्ति दिएका थिए । सोसँगै अमेरिकाभर उनको आलोचना हुनथालेपछि आफूले बोल्दा भूलवश अन्य अर्थ लागेको भन्दै गल्ती स्वीकारेका हुन् । 

उनले भने, ‘मैले गल्ती बोलेको थिएँ । मेरो मतलब के थियो भने चुनावमा रसियाले हस्तक्षेप नगरेको भन्ने कुनै कारण नै देख्दिन ।’ यो सँगै उनले आफ्ना सरकारी संस्थाहरुमाथि आफ्नो अटुट विश्वास रहिरहेको पनि स्पष्ट पारेका छन् । 

यसै विषयमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेयोले संसदीय समितिअगाडि स्पष्टीकरण दिने भएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै