• २०८१ बैशाख १३ बिहीबार

पहिरोले गोरखामा ३ र पर्वतमा एक जनाको मृत्यु 

kharibot

फाइल तस्बीर

पोखरा । गोरखा जिल्लाको शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ । 

शहिद लखन गाउँपालिका वडा नम्बर ६, अँधेरीमा मा रहेको नवराज कुँवरको घर मंगलबार पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको ज्यान गएको गोरखा प्रहरीले जनाएको छ । नौ महिने छोरासहित सरु पाहुना बस्न आएकी थिइन् ।

त्यस्तै अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पर्वतको जलजला गाउँपालिका –८, लस्तीमा एक जनाको ज्यान गएको छ । 

मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिएर बमबहादुरका १६ वर्षीय छोरा विकास परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

पहिरोमा परि बेपत्ता भनिएका अन्य चार जनाले भने सोमबार बेलुका नै पहिरो आउँदैछ भनेर भागेको बताएका छन् । उनीहरु अहिले सम्पर्कमा आइसकेका छन् । 
पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले उद्धार कार्य जारी छ । स्थानीयबासीलगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ । पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन । 

त्यस्तै जलजला –८, धाइरिङ बास्कोटमा समेत स्थानीय भिमलाल आचार्यको घर पहिरोमा परि भत्किँदा ६ जना घाइते भएका छन् । स्थानीयहरुले घाइतेको उपचारका लागि लैजाँदै गरेको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै