• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डोको लोकप्रियताले युभेन्टस दंग, टुरिन शहरमा प्रतिमा बनाउने तयारी

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि इटालीमा रोनाल्डोको लोकप्रियता बढिरहेको छ । 

पछिल्लो मिडिया रिपोर्टका अनुसार युभेन्ट्सले इटालीको टुरिन शहरमा रोनाल्डोको प्रतिमा राख्ने योजना बनाएको छ । क्लबका अधिकारीहरुले पर्यटन प्रवर्धन गर्न रोनाल्डोको प्रतिमाले सहयोग पुर्याउने भन्दै प्रतिमा राख्ने तयारी थालेको उल्लेख गरिएको छ । 

अहिले रोनाल्डोको लोकप्रियता देखेर क्लबका अधिकारीहरुले रोनाल्डोको प्रतिमा राखे उनका फ्यानहरुलाई सेल्फी लिन सजिलो हुने र फ्यानहरुसँग नजिकिने एउटा माध्यम हुने सक्ने भन्दै प्रतिमा राखेन तयारीमा रहेको बताइएको छ ।  

यस अघि रोनाल्डो युभेन्ट्स जाने घोषणा मात्र हुदा इटालीमा रोनाल्डोको नाममा आइसक्रिमदेखि विभिन्न किसिमका खानेकुराको नाम रोनाल्डोको नाममा राखेर फ्यानहरुले उत्सव नै मनाएका थिए । त्यस्तै रोनाल्डो युभेन्ट्स आउने खबरपछि सेयर बजारमा युभेन्ट्सको सेयर मुल्य ३० प्रतिशतसम्म बढी सकेको छ । 

त्यस्तै युभेन्ट्समा सोमबार आफ्नो मेडिकल सकेर औपचारिक रुपमा क्लबसँग आवद्ध भएका रोनाल्डोले मिडियासँग पनि कुराकानी गरेका थिए । युभेन्ट्सले अहिलेसम्म ५ लाख भन्दा बढी रोनाल्डोको नामको जर्सी बेचिसकेको इटालीका मिडियाहरुले बताएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै