• २०८१ बैशाख ८ शनिबार

भारतसँगको एकदिवसीय सिरिज इङल्याण्डको कब्जा  

kharibot

काठमाडौँ । इङल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमले एकदिवसीय सिरिज गुमाएको छ । 

गएराति  भएको ३ खेलको सिरिजको अन्तिम खेलमा इङल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेपछि इङल्याण्डले सिरिज २-१ ले जितेको हो ।

भारतले दिएको २५७ रन पछ्याएको इङल्याण्डले ४४.३ ओभरमा २ विकेट गुमाउदै २६० रन बनाउदै  खेल जितेको थियो । इङल्याण्डका लागि जोए रुटले सतक हानेका थिए भने कप्तान इयोन मोर्गनले ८८ रन बनाएका थिए । रुटको यो सिरिजमा लगातार दोस्रो सतक हो । त्यस्तै इङल्याण्डका लागि ओपनर भिन्च र बैरस्ट्रले २७ र ३० रन्को योगदान दिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७१ रन बनाएका थिए । त्यस्तै शिखर धवनले ४४ र महेन्द्रसिंह धोनीले ४२ रन बनाएका थिए ।  इङल्याण्डक लागि डेभिड विली र अदिल रशिदले ३-३ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच अदिल रशिद बनेका थिए भने प्लेफ अफ द सिरिज इङल्याण्डकै जोए रुट बनेका थिए ।
अब भारत र इङल्याण्डबीचको ५ खेलको टेस्ट सिरिजको पहिलो टेस्ट आगामी अगस्ट १ बाट हुने छ ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै